ईलाका प्रहरी कार्यालय बाबियाचौरद्धारा जनचेतनामुलक कार्यक्रम सम्पन्न,

ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतको आयोजनामा बालबालिकाहरु संग जनचेतनामुलक कार्यक्रम गरिएको छ । प्रहरी सहाय निरिक्षक जनक कटुवालको कमान्डमा रहेको ४ जनाको टोलीले बिद्याज्योति माद्यामिक बिद्यालय पञ्चपुरी ५ बाबियाचौरमा कार्यक्रम गरेको हो ।
कार्यक्रममा बिद्यालयका कक्षा ७, ८, ९ र १० मा अध्ययनरत बिद्यार्थी हरुलाई जनचेतनामूलक मुलक अडियो रेकर्ड मार्फत जानकारी दिईएको छ । कार्यक्रममा बालअधिकार, बालश्रम, बालबालिका सम्बन्धि ऐनको बारेमा समेत छलफल तथा जानकारी दिईएको हो ।
कार्यक्रम बिद्याज्योति माद्यामिक बिद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सापकोटाको आतिथ्यता मा सम्पन्न भएको ईलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...