बाबियाचौर ईङ्लिस बोर्डिङ स्कुल पञ्चपुरी ५ ले बिद्यालयमा अध्ययन गरेर सरकारी सेवामा प्रबेश गरेका २ जना पुर्व बिद्यार्थीलाई सम्मान गरेको छ । बिद्यालयले आज आयोजना गरेको डान्स आईडल २०८० को समापन कार्यक्रममा उनिहरुलाइ सम्मान गरेको हो ।
बिद्यालयले पञ्चपुरी ६ का सञ्जय सुनार र पञ्चपुरी ४ का शन्तोष लामिछानेलाई आज दोसल्ला ओढाएर सम्मान गरेको हो । सम्मान ग्रहण गर्दै लामिछानेले बिद्यालयले गरेको सम्मान र आफुलाई यो अवस्था सम्म पु¥याउन सहयोग तथा भुमिका निर्वाह गर्ने बिद्यालय र शिक्षक प्रति सधैं ऋणी रहेको बताएका छन ।
डान्स आईडल प्रतियोगिताको १० जना प्रतियोगी बिच भएको प्रतिस्पर्धामा रञ्जित बिसी प्रथम, चादनी सुनार दोस्रो, जितेन्द्र सोडारी तेस्रो र कुसुम जोशी सान्त्वना भएका छन । प्रतियोगिताका बिजेताहरुलाई नगद प्रमाणपत्र तथा मेडल पुरस्कार प्रदान गरिएको छ ।
