बिभिन्न कार्यक्रमको आयोजना गरी पञ्चपुरीमा बाल दिवस मनाइयो,

सुर्खेतको पञ्चपुरी नगरपालिकामा बिभिन्न कार्यक्रमको आयोजना गरी ५७ औँ राष्ट्रिय बाल दिवस मनाइएको छ । ‘सामान्य अवस्था वा कोभिड महामारी ः बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ विषयमा वक्तृत्वकला तथा हाजिर जवाफ प्रतियोगिता आयोजना गरिएको हो ।

बालबालिकाको क्षमता अभिवृद्धि, बाल सहभागिता, बाल संरक्षण तथा बाल विकासका लागि आवाज संस्थाको आयोजना र बिभिन्न बिद्यालयको समन्वयमा प्रतियोगिता आयोजना गरिएको हो ।

तस्बिर, रुपेन्द्र यादव

संस्थाको आयोजनामा पञ्चपुरी ९ को जनता माद्यामिक बिद्यालय, पञ्चपुरी १० को जनज्योति माद्यामिक बिद्यालय जामु र गौरिशंकर आधारभुत बिद्यालय पञ्चपुरी मा बक्तृत्वकला प्रतियोगिता र नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय पञ्चपुरी ३ तोक्मा मा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो ।

गौरिशंकर चतुरेमा भएको बक्तृत्वकला प्रतियोगितामा शर्मिला सार्की प्रथम, दोस्रो बिबेक सावद, तेस्रो कञ्चन थापा मगर र सान्त्वना रमित सार्की भएका छन ।

त्यस्तै जनता माद्यामिक बिद्यालय बिद्यापुरमा रोशन तिमिल्सिना प्रथम, सपना कडेल दोस्रो, प्रकृति पौड्याल तेस्रो र मदन सापकोटा सान्त्वना भएका छन ।

तस्बिर, रुपेन्द्र यादव

त्यस्तै जनज्योति माद्यामिक बिद्यालय जामुमा भएको बक्तृत्वकलामा टेकराज ढकाल प्रथम तपराज ढकाल दोस्रो, डम्बर हमाल तेस्रो र शन्तोष बि क सान्त्वना भएका छन ।

हाजिरीजवाफ तर्फ सुन्दर जागरण प्राथमिक बिद्यालय लामिदार प्रथम, भैरव प्राथमिक बिद्यालय चौर दोस्रो, नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय तोक्माले तेस्रो र सान्त्वना स्थान प्राप्त गरेका छन । विजयी छात्रछात्रालाई पुरस्कार वितरण समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...