किशोरकिशोरी प्रजननस्वास्थ्य कार्यक्रम अन्तरगत अभिमुखिकरण सम्पन्न,

सुर्खेतको पञ्चपुरी नगरपालिकामा युएसएआइडीको सहयोगमा संचालन भएको किशोर किशोरी प्रजनन स्वास्थ्य कार्यक्रम अन्तरगत पालिका स्तरका युवा समुहका सदस्यहरु संग १ दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । पञ्चपुरीको बाबियाचौरमा आज समुदाय र स्थानीय सरकारमा युवाहरुको भुमिकाको बारेमा छलफल, किशोर तथा युवा अबस्थाका समस्या तथा समाधानका बारेमा समेत छलफल गरिएको छ ।
किशोर किशोरी प्रजनन स्वास्थ्य कार्यक्रम संस्थाले पञ्चपुरी नगरपालिकामा रहेका ६ ओटा वडामा काम गरिरहेको छ । नगरपालिकामा रहेका १,४, ७, ८, १० र ११ नंम्बर वडामा सञ्चालन भएको कार्यक्रम अन्तरगत वडा तथा टोल स्तरमा किशोरकिशोरी तथा अभिभावक समूहको स्थानको छनौट तथा गठन समेत गरिएको छ ।
किशोर किशोरीहरुलाई घरपरिवार तथा समुदायबाट स्वस्थ व्यावहारको अभ्यासद्वारा उनीहरुको आफ्नो पूर्ण सक्षमता पुर्याउन सहयोग गर्ने र सार्वजनिक प्रणाली एवं निजी संस्थाहरूलाई किशोरकिशोरी मैत्री सेवा सुविधा प्रदान गर्दै उत्पादकत्व वृद्धिको निम्ति सवलिकरण गर्दै जाने कार्यक्रमको उदेश्य रहेको छ । कार्यक्रममा संस्थाका परियोजना अधिकृत रेखा वलीले युवाहरु संग छलफल तथा सहजिकरण गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...