चन्दननाथमा भाषणकला प्रतियोगिता सम्पन्न,

जुम्ला । ५८ औं राष्ट्रिय बालदिवसको अबसरमा कविता र भाषणकला प्रतियोगिता जुम्लाको चन्दननाथ नगरपालिकामा सम्पन्न भएको छ । बालमैत्री समाजको आधार, जिम्मेवारी परिवार उत्तरदायी सरकार, भन्ने मूल नाराका साथ कार्यक्रम गरिएको हो ।

महिला तथा बालबालिका शाखा चन्दननाथ नगरपालिका, वल्र्ड भिजन इन्टरनेशनल नेपाल, किर्डाक नेपाल जुम्लाको सहयोग र चन्दननाथ नगरपलिका स्तरीय बाल सञ्जालको आयोजनामा कार्यक्रम गरिएको हो ।

८ ओटा क्लब को सहभागी रहेको कार्यक्रममा कविता तथा बक्तृत्वकलामा प्रमोद ढकाल प्रथम, झलक सेजुवाल दोस्रो र नबिना बुढाले तेस्रो स्थान हासिल गरेका छन । त्यसैगरी भाषण कलामा रितेश चौलागाईं प्रथम, गोकर्ण सुनार दोश्रो, गिता केसी तेस्रो र नबराज नेपालीले सान्त्वना स्थान प्रप्त गरेका छन ।

कार्यक्रममा चन्दननाथ नगरपालिकाका कार्यवाहक नगर प्रमुख तिकल प्रसाद न्यौपानेले चन्दननाथ नगरपालिकामा बालबालिकामा देखिएका विभिन्न समस्या र चुनौतीहरु समाधानका लागि सबैको साथ सहयोग आवश्यक रहने बताउनुभएको छ ।

कार्यक्रममा महिला तथा बालबालिका शाखा निरीक्षक अधिकृत अंबिका मल्लले जुम्लामा दिनप्रतिदिन लागुपदार्थ दुबर््यसन बढ्दै गएकोले यसको न्यूनीकरणका लागि सबैले ध्यान दिन आवश्यक रहेकोे बताउनु भयो ।

कार्यक्रममा किर्डाक नेपाल जुम्लाका कार्यक्रम अधिकृत श्रीबहादुर भण्डारीले स्थानिय सरकार र संघ सस्थाको समन्वय र सहकार्यमा बालबालिकामा देखिने समस्या समाधान गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा प्रहरी कार्यालय, कार्यपालिका सदस्य, वडा अध्यक्ष, बाल क्लबका प्रतिनिधि लगाएतको सहभागीता रहेको थियो । कार्यक्रम को अध्यक्षता नगरस्तरिय बाल संजालका अध्यक्ष आकृती न्यौपानेले गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...