बिभिन्न कार्यक्रम गरि पञ्चपुरीमा बालदिवस मनाइयो,

सुर्खेतको पञ्चपुरीमा आज बिभिन्न कार्यक्रम गरि बालदिवस मनाइएको छ । प्रत्येक विद्यालयमा दिवशको अबसरमा बिभिन्न कार्यक्रमको आयोजना गरि बालदिवस मनाएको बिद्यालयका शिक्षक हरुले जानकारी दिएका छन ।

दिबशको अवसरमा पञ्चपुरीकाे बिद्याज्याेती माद्यामिक बिद्यालय बाबियाचाैरमा माद्यामिक बिद्यालय स्तरिय बालविवाह रोकथाममा अभिभावकको भुमिका बिषयमा बक्तृत्वकला र आधारभुत तह स्तरमा कुर्सि दौड प्रतियोगिताको आयोजना गरिएको हो ।

बालमैत्री समाजको आधार, जिम्मेवारी परिवार उत्तरदायी सरकार, भन्ने मूल नाराका साथ कार्यक्रम गरिएको हो । बक्तृत्वकलामा जनता माद्यामिक बिद्यालय बिद्यापुरका तुल्सी तिमिल्सिना प्रथम, बिद्याज्याेती माद्यामिक बिद्यालय बाबाियाचाैरका निर्मला शाही द्धितिय, जनसृजना माद्यामिक बिद्यालय तातापानीका दक्षिणा बोहोरा तृतीय र जनज्योति माद्यामिक बिद्यालय जामुका टेकराज ढकाल सान्तवना भएका छन ।

त्यस्तै कुर्सि दौड छात्र तर्फ गगन पहराई प्रथम, डम्मर नेपाली दितिय, धनसिह अधिकारी तृतिय र किरण बिसी सान्त्वना भएका छन । त्यस्तै कुर्सि दौड छात्रा तर्फ बिपना थापा प्रथम, जेनिसा शाही द्धितिय, बसन्ति बि क तृतीय र देबि बि क सान्त्वना भएका छन ।

बाल दिवशको अबसरमा आज बिद्यापुरमा पनि सडक नाटक प्रदर्शन गरिएको छ । आवाज, एकता फाउण्डेसन, सुन्दरनेपाल लगाएतका संस्थाहरुको सहयोगमा कार्यक्रम गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...