प्राज्ञिक विद्यार्थी परिषद् नेपालको सहयोगमा शैक्षिक सामग्री वितरण

२८ भदौ, सर्खेत ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालको सहयोगमा आज विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । पञ्चपुरीको विद्याज्योति माध्यमिक विद्यालय बाबियाचौरमा भएका १२५ भन्दा बढी बालबालिकाहरूलाई झोला वितरण गरिएको हो । जेहेन्दार तथा विपन्न बालबालिकाहरूलाई पढाइमा सहयोग पु¥याउने उद्देश्यका साथ उक्त सामग्री वितरण गरिएको आयोजकले जनाएको छ ।
सामग्री वितरण कार्यक्रममा नगरपालिकाका प्रमुख लालवीर भण्डारीले प्राज्ञिक विद्यार्थी परिषद्ले गरेको सहयोगले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न थप सहयोग पुग्ने बताउनुभएको छ । साथै उहाँले आगामी दिनमा अन्यत्र विद्यालयमा पनि सहयोग गर्नको लागि परिषदलाई आग्रह समेत गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...