सुर्खेत । महिलाहरुमा पाठेघर खस्ने समस्याको पहिचान तथा उपचारका लागि १ दिने निशुल्क स्वास्थ्य शिबिर आज पञ्चपुरीको वडा नं १ र ७ मा सम्पन्न भएको छ ।
आवाज संस्था सुर्खेतको आयोजना तथा वडा कार्यालयको समन्वयमा शिबिर संचालन गरिएको छ । शिबिरमा २ सय ५५ जनाले सेवा लिएका छन । जसमा २१ जना पाठेघर खस्ने समस्या भएका महिलाहरुलाइ रिङ्ग समेत राखिएको छ ।
शिबिरमा निशुल्क परामर्श, औषधी बितरण समेत गरिएको सामाजिक परिचालक दुर्पता सुनारले जानकारी दिनुभएको छ । शिबिरमा प्रदेश अस्पताल सुर्खेतमा कार्यरत स्त्रि रोग बिशेषज्ञ डा.शुभेक्षा श्रेष्ठ, डा. धर्मराज शर्मा सहितको टोलीले स्वास्थ्य परिक्षण गरेको हो ।
कार्यक्रममा पञ्चपुरी वडा नं. ७ का अध्यक्ष खिमबहादुर वयकले संस्थाले गरेको सहयोग प्रति धन्यावाद समेत दिनुभएको छ । महिला हरु अझै पनि आफ्ना समस्याहरु लुकाएर बस्ने गरेको कारण थप समस्या उत्पन्न हुने गरेको हुदा संस्थाले सचेतनाका कार्यक्रम थप गर्न जरुरी रहेको बयकले बताउनुभयो ।