कमल बहादुर बुढा ,अछाम
देशभरका महिला जनप्रतिनिधिहरुको आइकन प्रतियोगितामा अछामको तुर्माखाँद गाउँपालिका उपाध्यक्ष बिमला कुमारी शाही २७ जनामा पहिलो नम्बरमा पर्नुभएको छ । ‘शी लिड्स’ नामका आइकनमा देशभरका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरुसहित २७ जना महिला जनप्रतिनिधिहरुमा उपाध्यक्ष बिमला शाही पहिलो नम्बरमा पर्नुभएको हो ।
उहाँ लाई भाेटिङ्ग गर्नका लागि अनलाइन भोट गर्नका लागी ESewa एपमा गएर Voting भित्र भएको She Leads Icon को भित्र गई विमला कुमारी शाही लाई भाेट गर्नु हाेला Massage काे लागि sli space01 टाईपिङ गरि 31003 मा पनि म्यासेज गर्नुपर्ने छ । छनाैटमा परेका २७ जनालाई २० दिनसम्म हुने डिजिटल मतदानको आधारमा तीन जनालाई विजेता घोषणा गरिने आयोजक संस्था कल्पले जानकारी दिएको छ । २७ जनामा पहिलो नम्बरमा रहनुभएकी शाहीलाई विजेता बनाउनका लागि विभिन्न व्यक्तिहरु स्वस्फुर्त रुपमा सक्रिय बनेका छन् । उक्त आइकनको विजय बनाउनका आफूलाई विद्युतीय मतदान गरिदिन गाउँपालिका उपाध्यक्ष शाहीले सबै संग अनुरोध गर्नुभएको छ ।
सामान्य परिवारमा जन्मनुभएकी शाहीको जन्म ग्रामीण मध्यम वर्गीय परिवारमा भएको हो । जहाँ उहाँले घाँस, दाउरा काट्ने र खेतीपाती गर्ने गाउँले जीवन व्यतीत गर्नुभयो। महिलाहरुको सहभागिता समाजका धेरै क्षेत्रमा सीमित भएको र सामाजिक हेपाइमा परेको अवस्थालाई सुधार गर्न र आम मानिसलाई राज्यमा समान पहुँच दिलाउने उद्देश्यले उहाँ राजनीतिमा आउनुभयो। ग्रामीण समाजका महिलाहरूले सामना गरेका पितृसत्तात्मक सोचका चुनौतीहरूलाई ऊर्जा बनाउँदै उहाँ आफ्नो राजनीतिक यात्रा अगाडि बढाइ रहनु भएको छ। उहाँले सार्वजनिक पदमा रहेका व्यक्तिहरूका बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्न अभियान चलाउनुभयो, जसले प्रशंसा र चुनौती दुवै पायो। साथै, स्थानीय भाषा, कला, संस्कृतिको संरक्षण गर्नका लागि स्थानीय पाठ्यक्रम तयार गरी लागू गर्नुभएको छ। महिला र बालबालिकासँग सम्बन्धित साझा समस्याहरूको समाधानका लागि, उहाँले महिला सहकारीहरू लाई नगद अनुदान प्रदान गर्दै गुणस्तरीय शिक्षालाई प्राथमिकता दिनुभएको छ। जनप्रतिनिधि बन्नु अघि उहाँ व्यापार व्यवसायमा संलग्न हुनुहुन्थ्यो र आज पनि उहाँले आफ्नो व्यवसाय निरन्तरता दिनुभएको छ। गाउँपालिका उपाध्यक्षमा विजयी हुनुभएकी शाहीले गैसस महासंघ अछामको सचिवसँगै विभिन्न समाजिक क्षेत्रमा काम गरिसकेको अनुभव रहेको छ । सरल, शान्त रुपमा समन्वकारी भूमिकाले चिनिने उपाध्यक्ष शाहीलाई विजयी बनाउन सबैमा अनुरोध गर्नुभएकाे छ ।
