वडा स्तरीय महिला सञ्जाल पञ्चपुरी ८ सुर्खेतको आयोजना तथा आवाज संस्थाको सहयोगमा तिजगित तथा नृत्य प्रतियोगिता आज दुलालथाईमा सम्पन्न भएको छ । वडा कार्यालय तथा स्थानीयको समन्वयमा भएको प्रतियोगितामा फुलवारी महिला समूह प्रथम, प्रगतिशील महिला समूह दोस्रो, मालिका महिला समूह तेस्रो र नमुना बाल समूह सान्त्वना भएको छ ।
कार्यक्रममा बोल्दै पञ्चपुरी वडा नं ८ का वडा अध्यक्ष दिपककुमार थापाले महिला समुहहरुको प्रतिभा उत्कृष्ट रहेको बताउनुभएको छ । पछिल्लो समयमा सस्कृतिको नाममा बिकृती आएको बताउदै थापाले पुरानो संस्कारले मनाउदै आएको तिजमा छुट्टै मौलिकता रहेको बताउनुभएको छ ।
कार्यक्रम को ब्यवस्थापान तथा आर्थिक सहयोग गर्ने सुशील घिमिरे र हिंसा रहित घर निर्माणमा लाइ सम्मान समेत गरिएको छ ।कार्यक्रममा कुर्चि दौड समेत प्रस्तुत गरिएको हो । गंगा सिग्देलले सञ्चालन गर्नभएको कार्यक्रम वडा स्तरिय महिला सञ्जालको अध्यक्ष जानकी थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।
