पञ्चपुरी नगरपालिका अन्तरगतका ११ वडाका १ हजार ३ सय ६५ जना महिला, बालबालिका र युवाहरु सामुहिक रुपमा समुहमा आबद्ध भएका छन ।
पञ्चपुरी नगरपालिकामा महिला, बालबालिका र बिशेष गरि किशोरीहरुकाे शसक्तीकरण र अधिकारकाे संरक्षण गरि सेवामा पहुँच वृद्धि गर्ने परियाेजनाले आगामि दिनमा गर्ने कार्यक्रमकाे बारेमा जानकारी सहित विभिन्न समूह तथा सञ्जालहरु गठन गठन गरेकाे हाे ।
वडा स्तरमा हुने विभिन्न किसिमका हिंसाकाे बारेमा सचेतिकरण गर्ने, वडा स्तरमा हिंसा प्रभावितलाई सहयोग गर्ने, वडा स्तरमा लक्षित बर्गकाे याेजना माग गर्ने र समुदायमा प्रभाबकारी रुपमा कार्यक्रम सञ्चालन गर्ने, विभिन्न दिवसका कार्यक्रम तथा अभियान संचालन गर्ने, समुदायम रहेका समस्या प्रभावित लक्षित बर्गलाई सेवामा पहुच पुर्याउने, महिला, बालबालिका, किशोरीलाई क्षमता बिकाश गर्नकाे लागि बिभिन्न तालिमकाे आयाेजना गर्ने परियाेजनाकाे उद्देश्य रहेकाे छ ।
आवाज संस्थाले संचालन गर्दै आएकाे परियाेजनामा समुहमा आवद्ध सराेकारवालाहरुकाे नियमित रुपमा बैठक बसि विभिन्न बिषयमा छलफल समेत गर्दै आएका छन । संस्थाले ५८ ओटा समुह र ३३ ओटा संजाल गरि ९१ ओटा समूह तथा संजालमा काम गरिरहेकाे परियोजना संयाेजक सुशील कुमार कार्कीले जानकारी दिनुभयाे ।
परियाेजनामा पञ्चपुरी वडा नं ७ छाप्रेमा दुर्पता सुनार, वडा नं ८ र ९ मा कल्पना नेपाली र वडा नं १० र ११ मा धारणा राम्जालीले काम गर्दै आएकाे संयाेजक कार्कीले बताउनुभयो ।
संस्थाले बालबालिकाकाे समस्याकाे सुनुवाइ गर्न र आपतकालीन अवस्था उद्दार तथा राहतका लागि जानकारी दिन बाल हेल्पलाईनकाे बाबियाचाैरमा फिल्ड कार्यालय समेत सञ्चालनमा ल्याएकाे छ ।
पञ्चपुरी नगरपालिकाकाे वडा नं १ देखि ६ सम्मकाे लागि काेकिला कठायतलाई बाल हेल्पलाईन सहजकर्ताको रुपमा जिम्मेवारी ताेकिएकाे छ । बालबालिका जाेखिममा परेकाे बेला १०९८ मा फाेन गर्न सकिने छ । याे नम्बरमा फाेन गर्दा पैसा लाग्दैन । संस्थाले विभिन्न शन्देशमुलक जानकारी दिनकाे लागि रेडियोबाट मेराे कथा रेडियो कार्यक्रम र शन्देश प्रसारण समेत गरिरहेकाे छ ।