सुर्खेतको पञ्चपुरी ५, बाबियाचौरमा रहेको बिद्याज्योती माद्यामिक बिद्यालयमा आज बिज्ञान प्रदर्शनी गरिएको छ । बिज्ञान साक्षरता र उद्यमशीलता, सबल अर्थतन्त्रको आधारशिलता भन्ने नाराका साथ ११ औ राष्ट्रिय बिज्ञान दिवश बिज्ञान प्रदर्शनि २०८० मनाईएको छ ।
प्रदर्शनीमा ३८ ओटा स्टलमा बिद्यार्थीले तयार गरेका बिज्ञानका सामाग्रि प्रदर्शनको लागि राखिएको थियोे । प्रदर्शनीमा बिद्यालयका बिद्यार्थी तथा नजिक बिद्यालयका बिद्यार्थीले समेत अबलोकन गरेका थिए ।
कार्यक्रममा बोल्दै पञ्चपुरी नगरशिक्षा शाखा प्रमुख तुल्सी वनले बिद्यालयले गरेको बिज्ञान प्रदर्शनी आज सम्म आफ्नो लागि नया भएको बताउनुभएको छ । साथै उहाले बिद्यार्थीको कला सीप र क्षमता प्रसंसा गर्नयोग्य रहेको र यसबाट अन्य बिद्यालयले समेत पाठ सिक्नुपर्ने बताउनुभएको छ ।
कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र रावलले पहिलो पटक कम स्टल राखिएको र आगामी दिनमा यसलाई थप ब्यवस्थित बनाई प्रदर्शनी गर्ने बताउनुभएको छ । रावलले यसबाट बिद्यार्थीको पढाइमा सहयोग पुग्नुका साथै सृजनशिलताको समेत बिकास हुने बताउनुभएको छ ।