“जनताको साथमा कांग्रेस” अभियान अन्तरगत नेपाली कांग्रेस क्षेत्रिय कार्यसमिति क्षेत्र नं २ को आयोजनामा क्षेत्रिय पार्टी कार्यालय गणेशमान स्मृति भवन बाबियाचौरमा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पुर्व मन्त्री सञ्जयकुमार गौतमले अभियानको उद्घाटन गर्दै कांग्रेस बलियो बनाउन सबैको सहकार्य र एकता अनिवार्य रहेको बताउनु भएको छ । गौतमले निर्वाचनको समयमा सबैको एक मन बनाएर पार्टिलाइ जिताउन जरुरी रहेको बताउनुभएको छ ।
कार्यक्रमका सहभागिहरुले नेताहरुको गुट उपगुटका कारण पार्टि कमजोर हुने र कार्यकर्ताको मन बिभाजित हुने भएको कारण केन्द्र देखिनै गुटगत राजनिती नगर्न आग्रह समेत गरेका छन ।
कार्यक्रममा पुर्व केन्द्रीय सदस्य हृदयराम थानी, कर्णाली प्रदेश सहमहामन्त्री उपेन्द्रबहादुर थापा, कर्णाली प्रदेश सदस्य मुक्ति रेग्मी, नेपाली कांग्रेस जिल्ला सभापति खडकबहादुर पोखरेल, उपसभापति टोपबहादुर रावत, बिष्णु खड्का लगाएतका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रम क्षेत्रिय सभापति इन्द्रबहादुर रावलको अध्यक्षतामा सम्पन्न भएको हो ।