पञ्चपुरी भलिबल कप २०८० को उपाधी गुर्भाकोटलाई,

पञ्चपुरी खेलकुद बिकास समिति सुर्खेतको आयोजनामा भएको भलिवल प्रतियोगिताको उपाधी गुर्भाकोट नगरपालिकाले हात पारेको छ । सुर्खेतको बाबियाचौरमा भएको अन्तरपालिका स्तरीय भलिवल प्रतियोगितामा गुर्भाकोट नगरपालिका र लेकबेशी नगरपालिका बिच फाईनल खेल भएको हो ।
आज भएको खेलमा लेकबेशी नगरपालिकालाइ ३–१ को सेटमा हराउदै गुर्भाकोट बिजेता बनेको हो । भाद्र १६ गतेदेखि बाबियाचौरको बिपी रंगशालामा भएको खेलमा ९ ओटा टिमको सहभागीता रहेको थियोे ।
प्रतियोगिताको प्रथम हुने गुर्भाकोटले नगद १ लाख मेडल प्रमाणपत्र र दोस्रो हुने लेकबेसीले ५० हजार नगद प्रमाण र ट्रफि पुरस्कार पाएको छ । खेलकुद कार्यक्रमको समापन समितिका संयोजक कृष्ण रावलको अध्यक्षता मा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...