बर्षातका बिग्रेको बाटाे मर्मत गर्नकाे लागि पञ्चपुरी १० का नागरिक हरु अाफै अग्रसर भएका छन । पञ्चपुरी १० बच्छि देखि चाम्री सम्मकाे करिव ४ किलोमिटर बाटाे स्थानीय नागरिकहरुले जनश्रमदान बाट मर्मत गरेका छन ।
चाम्रीका नागरिकहरुलाई वडा कार्यालय अावतजावत गर्न र बालबालिकाहरु बिद्यालय जानकाे लागि सहज बनाउनकाे लागि अाफै जुटेर काम गरेकाे स्थानीय नागरिकहरुले बताएका छन ।
पछिल्लो समय जनश्रमदानबाट अाफ्नाे टाेल समुदाय राम्रो बनाउन र बिकास गर्ने परिपाटी कम भए पनि सानाे सानाे बिकास जनश्रमदानबाट नै गर्न सकिने उदाहरण दिनकाे लागि काम गरेकाे स्थानीय नागरिक कृष्णबहादुर खत्रीले बताएका छन ।
बच्छिका १६ जना नागरिकहरु जुटेर जनश्रमदान गरेका हुन । बच्छि र चाम्रिका नागरिकहरु दैनिक उपभाेग्य सामाग्री खरिद गर्न र बालबालिकाहरु माद्यामिक बिद्यालय अध्ययन गर्न पुल तरेर बराहतालकाे चेपाङमा जाने गरेका छन ।