दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नम्बर ३ मा युवा नेतृ स्वस्तिका महत नेपाली कांग्रेसको वडा कार्यसमितिमा सभापति पदमा सर्वसम्मत चयन भएकी छिन् ।
शुक्रबार भएको कांग्रेसको वडा अधिवेशनबाट १९ वर्षीय नेतृ महत सभापति चयन भएकी हुन् । उनी सर्वसम्मत सभापति भएको निर्वाचन समितिले जनाएको छ ।
दुल्लु नगरपालिका वडा नम्बर १० का युवा नेता दीपेन पुरी पनि वडा सभापति चयन भएका छन् । पुरी पनि सर्वसम्मत वडा सभापति चयन भएका हुन् ।

यस्तै अछाम जिल्लामा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशनबाट अछाम जिल्लामै कम उमेर कि पहिलो महिला सभापति बनेकी छन् । जिल्लाको मंगलसेन नगरपालिका वडा नं ११ खिमाडा कि २२ बर्षिय जानकी रावल (भण्डारी) वडा सभापतिमा निर्वाचित भएकी हुन ।