१८ भदौ, सुर्खेत ।
पञ्चपुरी नगरपालिका स्तरिय महिला संजालको आयोजनामा वडास्तरीय तीजगीत तथा नृत्य प्रतियोगिता आज बाबियाचौरमा सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिकाको वडा नम्बर ५ मा भएको तीजगीत तथा नृत्य प्रतियोगितामा नगरभित्रका ६ वटासमूहको सहभागिता रहेको थियो ।
लोक संस्कृतिको संरक्षण सभ्यताको पहिचान विषयमा तीज गीत तथा नृत्य प्रतियोगिता गरिएको हो । तीजगीत प्रतियोगितामा बोल्दै पञ्चपुरी नगरपालिका उपप्रमुख मुक्ति रेग्मीले आगामी दिनमा महिलाहरुको सहभागिता बढाउनको लागि वडा स्तरमा पनि प्रतियोगिता आयोजना गर्ने बताउनुभएको छ । साथै उहाँले तीजलाई आफ्नो क्षमता अनुसार मनाउन पनि सबैलाई आग्रह गर्नुभएको छ ।
तीजगीत प्रतियोगितामा त्रिबेणी महिला समूह पञ्चपुरी ५ प्रथम, चिसापानी आमा समूह पञ्चपुरी ५ दोस्रो , मालिका महिला समुह पञ्चपुरी ८ तेस्रो, हिमाल स्वास्थ्य आमा समुह पञ्चपुरी २ सान्त्वना भएको छ । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि जनप्रतिनिधि संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रम पञ्चपुरी नगरपालिका स्तरिय महिला संजालका अध्यक्ष कमला पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।












