१८ भदौ, सुर्खेत ।
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा बाबियाचौरले बिमा बापतको रकम प्रदान गरेको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका ५ मा केन्द्र न. ५४ समुह नं. ०१ की सदस्य पदमा रावललाइ २ लाख ५० हजार बराबरको चेक मार्फत नगद हस्तान्तरण गरिएको छ । संस्थाका कर्मचारी तथा अन्य सदस्यहरु सहित समुहमा पुगेर वडा नं ५ का अध्यक्ष नगेन्दबहादुर शाही लगाएत वडा सदस्यहरुले चेक मार्फत नगद हस्तान्तरण गर्नुभएको हो ।
रकम हस्तान्तरण गर्दै वडा अध्यक्ष शाहीले संस्थाले लघुवित्त कार्यक्रम मार्फत सहज र सरलरुपमा विना धितो कर्जा उपलब्ध गराउदै आइरहेको र कर्जाको सहि सदुपयोग गरी आत्मनिर्भर बन्न आग्रह गर्नुभएको छ ।
पदमा रावलका श्रीमान् बल बहादुर रावल एक्कासी विरामी भई अल्पायुमा मृत्यु भएको थियो । कार्यक्रममा संस्थाका शाखा प्रवन्धक ललिजन ऐडीले संस्थाको सेवा सुविधाको वारेमा, वित्तीय साक्षरता सम्बधी जानकारी, नेपालको ग्रामिण अर्थतन्त्रमा लघुवित्तले खेलेको महत्वपुर्ण भुमिका आदि बारेमा जानकारी गराउनु भएको थियो ।
शाखाले पञ्चपुरी नगरपालिका लगायत विभिन्न ठाउंमा सामाजिक संस्थान विद्यालय, मठ, मन्दीर, तथा कला सांस्कृतीको प्रवद्र्धन तथा विकासमा आर्थिक सहयोग गर्नुको साथै आफना सदस्यका जेहेन्दार विद्यार्थी÷छोराछोरीहरुलाइ उच्च शिक्षा हासिलको लागी छात्रवृती जस्ता विभिन्न क्षेत्रमा समेत आर्थिक सहयोग गर्दै आईरहेको छ ।