पञ्चपुरी भलिबल कपको उद्घाटन खेलमा पञ्चपुरीले चौकुनेलाई हरायो,

पञ्चपुरी खेलकुद बिकास समिति को आयोजनामा भलिवल प्रतियोगिता हिजो देखि सुर्खेतको बाबियाचौरमा सुरु भएको छ । अन्तरपालिका स्तरीय भलिवल प्रतियोगिता ९ ओटा टिमको सहभागीता रहेको आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै पञ्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारीले खेलकुद स्वास्थ्यको लागि महत्त्वपूर्ण भएको बताउनुभएको छ ।
बाबियाचौरमा रहेको बिपि रङगशाला निर्माणमा पञ्चपुरीका युवाहरुको योगदानको स्मरण गर्दै रंगशाला निर्माणका लागि पहल गरिरहेको समेत बताउनुभएको छ । भण्डारीले २०८१ सालमा सञ्चालन हुने दशौ राष्ट्रिय खेलकुदमा केही खेल बाबियाचौरमा सञ्चालन गर्नको लागि पहल गरिरहेको समेत जानकारी दिनुभयो ।

२० गते सम्म सञ्चालन हुने भलिवल प्रतियोगिताको उद्घाटन खेलमा चौकुने गाउपालिकालाइ पञ्चपुरी नगरपालिकाले ३–१ सेटमा हराएको छ । प्रतियोगिताको प्रथम हुने टिमले नगद १ लाख, दोस्रो हुने टिमले ५० हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...