लैङ्गकि न्याय प्रबर्द्धन गर्नका लागि कानुनी सरोकारवाला हरु संग २ दिने अभिमुखिकरण कार्यक्रम शनिबार सुर्खेतको बाबियाचौरमा सम्पन्न भएको छ । आवाज संस्था को आयोजनामा संचालन भएको कार्यक्रममा पञ्चपुरी नगरपालिकामा रहेका जनप्रतिनिधि, शिक्षक प्रतिनिधि, न्यायिक समितिका पदाधिकारी, नेपाल प्रहरी, महिला समुहका प्रतिनिधि लगाएतको सहभागीता रहेको थियोे ।
कार्यक्रमका सहभागीहरुले लैङ्गकि हिंसा न्युनिकरण गर्न आफ्नो घरपरिवार र आफुवाट नै सुरुवात गर्नुपर्नेमा जोडदिएका छन । समाज हुने हरेक प्रकारका हिंसाको अन्त्य गर्न सबैको सहयोग साथ आवश्यक रहने समेत सहभागीले बताएका छन । कार्यक्रमको सहजिकरण खिम रेग्मी र संस्थाका शुसिलकुमार कार्कीले गर्नुभएको थियोे ।
