युवा समूह तथा सञ्जालका किशोरीहरूलाई २ दिने जीवनवृत्ति मार्ग निर्देशन तालिम सम्पन्न

१७ भदौ,सुर्खेत ।
युवा समूह तथा सञ्जालका किशोरीहरूलाई दुई दिने जीवनवृत्ति मार्ग निर्देशन तालिम सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिकाको वडा नम्बर १० र ११ का ५० जना किशोरीहरूलाई सो तालिम प्रदान गरिएको छ । टिडिए जर्मन, मेजरियोको आर्थिक सहयोग र आवाज संस्था सुर्खेतको आयोजनामा तालिम सञ्चालन गरिएको हो
दुई दिनसम्म सञ्चालन भएको तालिममा किशोरीहरूको जीवन मार्गदर्शन कसरी गर्ने जीवन रुपान्तरण कसरी गर्ने र जीवनमा आइपर्ने चुनौतीहरुलाई समाधान कसरी गर्ने भन्ने विषयमा छलफल गरिएको थियो । तालिमको सहजीकरण सामाजिक विकास मन्त्रालयका गंगा श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

तालिमको समापनमा बोल्दै कार्यक्रमका सहभागी कमला पोखरेलले तालिम उपलब्धिमूलक रहेको र यसले जीवन को मार्ग सही दिशातर्फ डोर्याउन सजिलो भएको बताउनुभएको छ । तालिमको समापन कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष हरिप्रसाद ढकाल पञ्चपुरी ११ का वडा सदस्य हर्क जैसी लगायतको सहभागिता रहेको आवाज संस्थाका सामाजिक परिचालक कोकिला कठायतले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...