नेपाली कांग्रेस सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ ले प्रदेश तथा संघीय निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय कार्य समितिका सभापति इन्द्रबहादुर रावलका अनुसार क्षेत्र नं.२ (ख) प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस भएको छ ।
नाम सिफारिस हुनेमा यज्ञबहादुर बुढा क्षेत्री, टोपबहादुर रावत, उपेन्द्र बहादुर थापा, इन्द्रबहादुर रावल र किर्तिराज जोशी रहेका छन् । यस्तै, प्रदेश तर्फको समानुपातिकमा २४ जनाको नाम सिफारिस भएको छ । उनका अनुसार धनादेबी बिष्ट, कलमबहादुर खत्री, कलाधर सापकोटा, गोर्ख कामी, छबिलाल सिग्देल, डिल्लीराम पाठक, चन्द्र प्रसाद सापकोटा, शोभा कुमारी शर्मा, पुर्णबहादुर राना, तिलक मर्साङ्गी, अमृता सुनार सिफारिस भएका छन् ।
त्यसैगरी डम्बरा देबि उपाध्याय, नेत्रबहादुर शाही, अमर बहादुर दानी, मोहनसिंह थापा, भक्तिप्रसाद पौडेल, रम्बाकुमारी बिसी, निर्मला सापकोटा, नैनसिं भण्डारी, चन्द्रा यादब, भिष्मराज हमाल, धर्मराज गिरी, हिक्मत ओली र यामलाल कंडेल रहेका छन ।
संघमा प्रत्यक्षतर्फ पाँच जनाको दाबी परेको छ । हृदयराम थानी, श्याम भारती, टि एन योगी, निरञ्जन केशी र कलम बहादुर खत्री रहेका छन ।
संघ तर्फको समानुपातिकमा १४ जनाको नाम सिफारिस गरिएको छ । जसमा शिवराज जोशी, जानकी सिंह, गोबिन्द बहादुर मल्ल, यज्ञबहादुर बिसी, धर्मराज गिरी, लोक बहादुर बिश्वकर्मा, तिर्थजंग शाही, साधना घिमिरे, प्रेम प्रकाश खड्का, डम्बर देबि उपाध्याय, यमुना सापकोटा, लाल बहादुर चौधरी, हिक्मत वली र धनादेबि बिष्ट रहेका छन ।