सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं २ मा आज पोष्ट मार्टम भवनको उद्घाटन गरिएको छ । २५ लाख लागत मा निर्माण भएको भवनको कर्णाली प्रदेशको सामाजिक बिकास मन्त्रालयले बजेट बिनियोजन गरेको हो । प्राथमिक स्वास्थ्यकेन्द्र सालकोटमा रहेको पोष्ट मार्टम भवनबाट अव सेवा सुरु हो भएको छ ।
भवनको उद्धघाटन गर्दै कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले भवन उद्घाटन गरिए पनि यसबाट दिइने सेवा र बिभिन्न आइपर्ने घटनाहरु कम हुनु नै समाजका लागि राम्रो हुने बताउनु भयो । बुढा क्षेत्रीले पोष्टमार्टम गर्नु पर्ने समस्या कम गराउनु पनि समाजको कर्तब्य हुने बताउनु भएको छ । स्वास्थ्य क्षेत्रको बिकासका लागि आफु निरन्तर लागिरहेको र आगामी दिनमा पनि थप पहल र सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।
त्यसै गरि नगरपालिका प्रमुख लालबीर भण्डारीले आफु निर्वाचित हुनु अघिनै सालकोटमा ५० शैयाको अस्पताल बनाउन पहल गर्ने प्रतिबद्धता जनाएको र अहिले त्यसले पुर्णता पाएको बताउनुभएको छ ।
कार्यक्रममा वडा न. २ का अध्यक्ष यामबहादुर बिसिले प्राथमिक स्वास्थ्य केन्द्रमा यसपटक ३ करोड बजेट उपलब्ध रहेको र उक्त बजेटले अस्पातालको ब्यवस्थापन गरि गुण्स्तरिय सेवा प्रदान गर्नको लागि पहल गर्ने बताउनु भएको छ ।