सुर्खेत । नेपाली कांग्रेस पञ्चपुरी नगर कार्यसमितिको वडा नगर संयुक्त बैठक बिभिन्न निर्णय गर्दै आज सम्पन्न भएको छ । बैठकले वडा स्तरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ ।
वडा नं ८ मा सम्पन्न वडा नगर संयुक्त बैठकले २०७९ भाद्र १८ गते वडा नं १ र ७, भाद्र २० गते वडा नं. ५, १० र ११, भाद्र २३ गते वडा नं.४, ६, ९ र भाद्र २६ गते वडा नं.२, ३ र ८ मा प्रशिक्षण कार्यक्रम तय गरेको छ ।
त्यसैगरी नेपाली कांग्रेस पञ्चपुरीका सम्पूर्ण वडा कार्यसमितिले भाद्र २४ गते सम्म विभिन्न भातृ संघ गठन गर्नुका साथै नगर कार्यसमिति निर्माण गर्नका लागि १ महिला अनिवार्य सहित ३ जना अनिवार्य पठाउने निर्णय गरेको नगर सभापती कृपाराम थापाले जानकारी दिनुभएको छ ।
बैठकमा नेपाली कांग्रेस कर्णाली प्रदेशका सह महामन्त्री उपेन्द्र बहादुर थापा, जिल्ला कार्य समिति सुर्खेतमा उप सभापति टोपबहादुर रावत , क्षेत्रिय सभापति क्षेत्र नं २ का ईन्द्र बहादुर रावल, पञ्चपुरी नगर प्रमुख लालबिर भण्डारी, पुर्व जिल्ला समन्वय प्रमुख छबिलाल सिग्देल र महासमिति सदस्य कलमबहादुर खत्री लगायतले नगर कार्यसमितिले प्रत्येक वडामा संचालन गरिने घुम्ती बैठक राम्रो भएको बताएका छन ।
नगर कार्यसमिति पञ्चपुरीले बार्षिक कार्ययोजना तयार गरी नियमित कार्यक्रम संचालन गर्दै आएको छ । वडा नं ८ का सभापती शसिराम घिमिरे (सुशील) ले सञ्चालन गरेको बैठकको अध्यक्षता नगर सभापती कृपाराम थापाले गर्नुभएको हो ।