नेपाल महिला सङ्घ पञ्चपुरीको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न

28 पटक हेरिएको

१४ भदौ, सुर्खेत ।
नेपाल महिला सङ्घ पञ्चपुरीको आयोजनामा तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम आज सुर्खेतको पञ्चपुरीमा सम्पन्न भएको छ । नेपाली कांग्रेस पञ्चपुरी नगर कार्य समितिको समन्वयमा पञ्चपुरी नगरपालिका वडा नम्बर ३ को पार्टी कार्यालयको परिसरमा शुभकामना कार्यक्रम गरिएको हो । कार्यक्रममा शुभकामना दिँदै पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले तीज कार्यक्रमले आपसी सद्भाव र समन्वय बढाउने भएको हुँदा यसलाई अझै व्यापक बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
त्यसैगरी कार्यक्रममा नेपाली कांग्रेस कर्णाली प्रदेश सदस्य मुक्ति रेग्मीले तीज कार्यक्रमलाई आपसी सद्भाव समन्वय माया र भेटघाटको पर्वको रुपमा मनाउन सबैलाई आग्रह गर्नुभएको छ । त्यसैगरी उहाँले तीजलाई भड्कीलो नभई आफ्नो क्षमता अनुसार मनाउनुपर्नेमा जोड दिनुभएको छ ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस कर्णाली प्रदेशका सह महामन्त्री उपेन्द्र बहादुर थापाले नेपाली कांग्रेस पञ्चपुरीले नियमित मनाउँदै आएको तीज विशेष कार्यक्रम उपलब्धिमूलक र राम्रो भएको बताउनुभएको छ । साथै थापाले आगामी दिनमा प्रत्येक वडामा कार्यक्रम संचालन गर्न आग्रह गर्दै समुदाय र परिवेश अनुसार विभिन्न प्रकृतिका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस पञ्चपुरीका सभापति कृपाराम थापाले नगर कार्यसमितिले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको र वार्षिक कार्ययोजना अनुसार प्रत्येक वर्ष फरक फरक वडाहरूमा तीज विशेष कार्यक्रम मनाउँदै आएको बताउनुभएको छ ।
कार्यक्रममा नेपाली कांग्रेससँग आबद्ध विभिन्न क्रियाशील सदस्यहरु वार्ड कार्यसमितिका सभापतिहरू, भातृ सङ्घका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सो कार्यक्रममा किसान महासङ्घका केन्द्रीय सदस्य प्रेमबहादुर शाहीलाई सम्मान समेत गरिएको छ । कार्यक्रम महिला सङ्घ पञ्चपुरीका अध्यक्ष कमला पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...