जंगली जनावरले मकै खेती नष्ट गरेपछि पञ्चपुरी १० का किसान चिन्तीत,

176 पटक हेरिएको

सुर्खेत । किसानले लगाएको मकै खेती जंगली जनावरले नष्ट गरेपछि किसानहरु चिन्तीत भएका छन । पञ्चपुरी नगरपालिका १० जामुका किसानहरुको मकै बाली बदेलले नष्ट गरेपछि थप समस्या भएको छ ।

स्थानीय किसान कृष्ण्प्रसाद ढकाल, गणेश देवकोटा, बिद्या ढकाल, बिष्णु प्रसाद सापकोटा लगाएतका किसानको मकै बालीमा बदेलले क्षति पु¥याएको वडा सदस्य कृष्णबहादुर खत्रीले जानकारी दिएका छन । रातको समयमा दैनिक जाग्राम बसेर पनि ७ रोपनीमा लगाएको खेती जोगाउन नसकेको स्थानीय बद्रि प्रसाद ढकालले बताउनुभएको छ ।
८ जनाको परिवार रहेको ढकालको मकै बाली क्षति भएपछि के खाने भन्ने मा चिन्ता उबजीएको छ । स्थानिय निकाय संग समस्या राखे पनि कुनै सुनुवाइ र सान्त्वना समेत नपाएको ढकालले दुखेसो पोखेका छन ।

पञ्चपुरी १० का धेरै किसानको मकै बाली नष्ट गरेको र यसबारेमा स्थानिय निकायले चासो दिनुपर्ने स्थानिय धनिराम ढकालको भनाइ रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...