इलाका प्रहरी कार्यालय बाबियाचौरले आज बिभिन्न ठाउबाट अबैध घरेलु मदिरा बरामद गरेको छ । कार्यालय प्रमुख प्रहरी निरिक्षक टेक बहादुर देउवाको कमाण्डमा खटिएको प्रहरी टोलीले पञ्चपुरी नगरपालिका वडा नं. ५, ६, ८ अन्तर्गत बाबियाचौर बजार, चतुरे चोक, दुलालथाई बाट मदिरा जफत गरेको छ ।
बिभिन्न ठाउवाट गरि अबैध घरेलु तयारी मदिरा १ सय ५ लिटर, मदिरा उत्पादन गर्न प्रयोग गरिने कच्चा पदार्थ २ सय लिटर, मदिरा बनाउन प्रयोग गरिने भाडा २ थान र मदिरा राख्ने भाडा २० थान बरामद गरेको इलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ । बरामद गरिएको घरेलु मदिरा स्थानिय जनप्रतिनिधीको रोहबरमा नष्ट गरिएको छ ।