सुर्खेतको पञ्चपुरीमा संचालन भएको ३ दिने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा स्थानिय तहको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रममा आज सम्पन्न भएको छ । कार्यक्रमबाट १० बुदे घोषणा पत्र समेत जारी गरिएको छ । सुन्दर नेपाल संस्थाद्धारा संचालित भकारी परियोजना अन्तरगत सञ्चालन भएको कार्यक्रममा स्थानिय तहका जनप्रतिनिधी रेडक्रसका प्रतिनिधी, बिषयगत शाखाका कर्मचारी लगाएतको सहभागीता रहेको थियो ।
घोषणा पत्रमा गरिएका प्रतिबद्धता
१. स्थानीय तहमा विपद्जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनको व्यवस्था र कार्यान्वयन गर्नेछौ ।
२. स्थानीय विपद् व्यवस्थापन कोषको स्थापना, कोष संचालन कार्यविधि तयार तथा राहत मापदण्ड बनाएर कोष संचालनलाई यथोचित रुपमा प्रयोग गर्नेछौ।
३. स्थानीय आपतकालीन संचार केन्द्रको स्थापना तथा संचार केन्द्र कार्यविधि तयाररकार्यान्वयन गर्ने छौ ।
४. स्थानीय विपद्तथा जलवायु उत्थानशील योजना तर्जुमाको तयार र कार्यान्वयन तथा अध्यावधिक गर्नेछौ र स्थानीय तथा वडा स्तरीय विपद् व्यवस्थापन समिति क्रियाशिल गरी नियमित बैठक गर्ने छौ ।
४. विपद्पुर्वतयारी तथा प्रतिकार्य योजनाको तयार र कार्यान्वयन तथा अध्यावधिक गर्नेछौ ।
विपद् व्यवस्थापनलाई विकास योजनामा मुल प्रवाहिकरण
५. स्थानीय विपद् तथा जलवायु उत्थानशील योजनामा उल्लेखित विपद ्व्यवस्थापनका क्रियाकलापहरु लाई समावेशी प्रकियाबाट वडा हुदै पालिका स्तरीय विकास योजनाको प्रक्रियामा मुलप्रवाहीकरण गर्नेछौ ।
६. विपद् व्यवस्थापन सम्पर्क व्यक्ति तोकेर निजलाई विपद् व्यवस्थापनसँग सम्बन्धित बिषयबस्तुमा समन्वय र सहकार्यको लागि परिचालन गर्नेछौ ।
७. जोखिम न्यूनीकरण गर्न राष्ट्रिय भवन संहिताको पालना गर्दै भूकम्प तथा बाढी प्रतिरोधी संरचना बनाउने नीति अनिवार्य रुपमा पालना गर्नेर गराउनेछौ ।
८. आपतकालीन खोज तथा उद्धार र राहत सामाग्रीहरुको पालिका हुदै वडा तह सम्मै उचित व्यवस्थापन, भण्डारण र बेला बखतमा सामाग्रीहरुको अध्यावधिक गर्नेछौ ।
९. स्थानीय स्तरमा जोखिम क्षेत्रको नक्सांकन, निकास मार्ग पहिचान र नक्सांकन, खुला क्षेत्रको पहिचान र संरक्षण गर्नेछौ ।
१० विपद्को क्षेत्रमा अनुभव र सीप भएका जनशक्तिको (खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्राथमिक उपचार, स्वयंसेवक दस्ता र अन्य कुनै) क्षमता अभिवृद्धि, पुनर्ताजगी तालिम, सम्पर्क सुची तयारी तथा अध्यावधिक गरी विपद्को समयमा परिचालन गर्नेछौ ।