बातावरणद्वारा जीवन तथा आवास सुरक्षा बापत १ लाख २५ हजार सहयाेग,

40 पटक हेरिएको

बाताबरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लघुबित्त कार्यक्रम अन्तरगत बाबियाचाैर सेवा केन्द्रले जीवन तथा आवास सुरक्षा सेवा बापत १ लाख २५ हजार सहयाेग गरेकाे छ ।

संस्थाले सुर्खेतको पञ्चपुरी ६ मा केन्द्र नं २ का शेयर सदस्य गिता वि सी को श्रीमान् धन बहादुर वि सीको मृत्यु पश्चात दिने सेवा बापतकाे उक्त रकम सहयाेग गरेकाे हाे ।

सेवा केन्द्र प्रमुख कृष्णबहादुर अधिकारी, फिल्ड सहायक रमेश बिक, समाजसेवी ईन्द्र बहादुर रावल, राम बहादुर विष्ट र प्रेम बहादुर बिष्ट द्धारा राहात रकम मृतककाे घरमै पुगेर घरपरिवारलाई रकम हस्तान्तरण गर्नुभएको हाे ।

संस्थाले कर्जा, बचत, दुर्घटना बिमा, आवाश निर्माण, बिपदमा परेका सदस्यहरुलाई विभिन्न राहत तथा सहयोगका कार्यक्रम गर्दै आएकाे छ ।

संस्थाले बाबियाचाैर सेवा केन्द्र अन्तरगत १ सय ६३ समुहका करिब २ हजार ७ सय सदस्यहरु संग प्रत्येक्ष काम गर्दै आएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...