शुक्रबार बिहान करिव साढे १० बजेकाे समय थियोे । बाबियाचाैर बजारमा साना बालबालिका साथमा शिक्षकहरु पनि । हातमा ग्लाेव्स लगाएका, ड्रेसमा सज्जिएका, मुखमा मास्क अनि १ हातमा झाडु बाेकेका बालबालिका बजारमा देखिन्थे । वरिपरि अभिभावकले नियालेर हेरिरहेका थिए । अरु काेहि नभएर गाेल्डेन फ्युचर एकेडेमीका बिद्यार्थी हरु थिए । शुक्रबारकाे अतिरिक्त क्रियाकलापमा बिद्यार्थी र शिक्षकले बजार सरसफाइ गर्ने निर्णय गरे । साना बालबालिकाकाे याेजनालाइ सफल पार्न शिक्षकले स्थानीय निकायका जनप्रतिनिधि लाई अभियानमा साथ दिन अाग्रह गरे तर वडाका जनप्रतिनिधिलाई फुर्सद भएन अनि अभियानमा जान भ्याएनन् । गएनन पनि ।
बाबियाचाैर बजार अहिलेकाे वडा नं ५ र ६ काे केही क्षेत्र पर्छ । बिद्यार्थी हरुले करिव १ घण्टा सम्म बजार सरसफाइ गरे । बिद्यार्थीकाे अभियान हुन त सचेतनामुलक थियोे तर सरसफाइ अभियानमा धेरै जनाले हाेच्याउने, बिद्यार्थीकाे मनाेवल कमजाेर पार्ने, हाम्राे अगाडि फाेहाेर किन जम्मा गर्छाै ? भन्दै असहयाेग गरे बिद्यालयका प्रिन्सिपल तारा प्रकाश कडेल भने । कलिला बालबालिकाले बजारकाे सरसफाइ र फाेहाेर टिप्न खाेज्दा वडा कार्यालयले समय मिलाउनु पर्थ्याे कंडेलले भने ।
वडा कार्यालयकाे सरसफाइ अभियान अाेझेलमा
अाज भन्दा करिव ७-८ महिना अगाडि पञ्चपुरी ५ का जनप्रतिनिधि र वडा कार्यालय र बजार ब्यवस्थापन समितीले बजार सरसफाइ गर्ने नियमित फाेहाेर उठाउने, बजारमा कुहिने र नकुहिने अलग अलग डस्बिन समेत राखियो । त्यसकाे केही दिन सम्म जनप्रतिनिधि अाफै बजारमा पुगेर फाेहाेर उठाउन सुरु गरे । त्यतिबेला केही दिन सम्म बजारका ब्यापारी हरुले फाेहाेरलाई डस्बिनमा जम्मा समेत गर्न थाले । तर त्याे कार्यक्रम अहिले सेलाएकाे छ । बजारमा राखिएका डस्बिन पनि अहिले कहाँ छन त्यसकाे निगरानी गर्ने काेहि नहुदा अस्तब्यस्त छन ।
भएका डस्बिनमा पनि जम्मा भएको फाेहाेर पनि उठाउन छाेडेपछि अहिले बजार झन दुर्गन्धित हुने अवस्थामा छ । बजारमा राख्नकाे लागि खरिद गरिएका डस्बिन र स्टेण्ड नगरपालिका र वडा कार्यालयकाे अाडैमा झाडिमा थन्किएका छन । फाेहर राख्नकाे लागि राखिएको कुहिने र नकुहिने डस्बिनमा राखिएको फाेहाेर पनि अलगअलग ब्यवस्थापन नगरी एउटैमा थुपार्ने गरेकाे कारण कुहिने नकुहिने डस्बिन राख्नुकाे कुनै अर्थ देखिदैन ।