भेरीगंगा नगरपालिका,नेपाल कानुन समाज र सुशासनको लागि क्षमता विकास परियोजनाद्वारा स्थानिय तहमा कानुन निर्माण प्रशिक्षण कार्यक्रम आज भदौ ९ गते देखि ११ गते सम्म सुरु भएको छ ।
भेरीगंगा नगरपालिकाको आयोजना,नेपाल कानुन समाजको सहयोग र GIZ को प्राबिधिक सहयोगमा उक्त कार्यक्रम संचालन भएको छ । उद्घाटनसत्र कार्यक्रम भेरीगंगा नगरपालिकाका प्रमुख भुपेन्द्र बहादुर चन्दको अध्यक्षता रहेको थियो ।
उक्त कार्यक्रममा भेरीगंगा नगरपालिका उप-प्रमुख रेणु आचार्य,कार्यबाहक प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र प्रशाद शर्मा,वरिष्ठ अधिबक्ता खिमलाल देवकोटा,GIZ-CDSD पशुपतिनाथ झा तेस्तै उद्योग बाणिज्य संघ,जनप्रतिनिधि,नगरपालिकाका कर्मचारी,कार्यपालिकाका सदस्यहरुको उपस्तिथि रहेको थियो ।
कार्यक्रमको पहिलो दिन कानुन निर्माणमा प्रदेश सरकार र स्थानिय सरकारको समन्वय तथा सहकार्य,नेपालको संघीय संरचना: अवधारणा,अभ्यास र कानुन निर्माण प्रक्रिया,विधायनको तर्जुमा : संरचना ढाँचा र विधायन तर्जुमा निर्देशन तथा विधेयक मस्यौदाको प्रारम्भ कार्यपत्र प्रस्तुती गरिएको थियो ।
तेस्तै दोस्रो दिन स्थानिय तहमा कानुन निर्माण प्रक्रिया,प्रत्यायोजित बिधायन : तर्जुमाको सिद्धान्त र अभ्यास,पालिकाबाट तयार भएको कुनै एक बिधेयकको प्रस्तुति र बिधेयकको मस्यौदामा कार्यपत्र प्रस्तुत गरिने बताइएको छ । भने अन्तिम दिन बिधेयक मस्यौदाको प्रस्तुती र कार्यक्रमको समिक्षा,मुल्यांकन र समापन हुने आयोजक बताएको छ ।