बाताबरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लघुबित्त कार्यक्रम अन्तरगत बाबियाचाैर सेवा केन्द्रले जीवन सुरक्षा सेवा बापत १ लाख २५ हजार सहयाेग गरेकाे छ ।
संस्थाले सुर्खेतको पञ्चपुरी ६ मा केन्द्र नं ५ का समूह सदस्य खिमा सार्कीका श्रीमान धनबहादुर सार्कीकाे मृत्यु पश्चात दिने सेवा बापतकाे उक्त रकम सहयाेग गरेकाे हाे ।
संस्थाका फिल्ड सहायक रमेश बिकले मृतककाे घरमै पुगेर घरपरिवारलाई रकम हस्तान्तरण गर्नुभएको हाे । संस्थाले कर्जा, बचत, दुर्घटना बिमा, आवाश निर्माण, बिपदमा परेका सदस्यहरुलाई विभिन्न राहत तथा सहयोगका कार्यक्रम गर्दै आएकाे छ ।
संस्थाले बाबियाचाैर सेवा केन्द्र अन्तरगत १ सय ६३ समुहका करिब २ हजार ७ सय सदस्यहरु संग प्रत्येक्ष काम गर्दै आएकाे छ ।