सामुदायिक सिकाई केन्द्रको नीति कार्यक्रम सम्बन्धि अन्तरक्रिया पञ्चपुरीमा सम्पन्न,

88 पटक हेरिएको

आवाज संस्था सुर्खेतको आयोजनामा सामुदायिक सिकाई केन्द्र सम्बन्धि नीति तथा कार्यक्रम र भाबी कार्यदिशाका बारेमा छलफल गरिएको छ । नगरपालिकामा रहेका २ ओटा सामुदायिक सिकाई केन्द्रका प्रतिनिधि, सहजकर्ता, जनप्रतिनिधि, बिषयगत शाखाका कर्मचारी लगाएत संघ संस्थाका प्रतिनिधि हरुको कार्यक्रममा सहभागीता रहेको थियो ।
कार्यक्रममा सामुदायिक सिकाई केन्द्रको काम कर्तव्य,लक्ष्य उद्देश्यका बारेमा जानकारी दिईएको छ । शिक्षा तथा मानव श्रोत बिकास केन्द्रका निर्देशक निलकण्ठ ढकालले देशभर रहेका सामुदायिक सिकाइ केन्द्रको अवस्था, साक्षरताको अवस्था र आगामी दिनमा सिकाई केन्द्रले गर्नुपर्ने कामको बारेमा जानकारी समेत दिनुभएको छ ।
कार्यक्रममा पञ्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारीले नगरपालिकामा रहेका सामुदायिक सिकाई केन्द्र लाई थप ब्यवस्थापन गर्ने र बाकि रहेका वडाहरुमा बिस्तारका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आगामी दिनमा नगरपालिका र संघ संस्थाको समन्वयमा सिकाई केन्द्रको कार्ययोजना बनाई अघि बढ्ने समेत भण्डारी बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...