निर्मला हत्या प्रकरणः प्रदीप-विशाल पनि दिलिपजस्तै ‘नक्कली’ अभियुक्त ?

२२ मंसिर, धनगढी । निर्मला पन्तलाई बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीले अभियोग स्वीकार गरेको बयन सार्वजनिक भएसँगै विभिन्न टिकाटिप्पणी हुन थालेकोक छ ।

सिआईबीले पक्राउ गरेका रावल र चौधरीले अभियोग स्वीकार गरेको भन्दै बयन संचारमाध्यमहरुमा सार्वजनिक भएको छ । सामाजिक संजालहरुमा दिलिप विष्टजस्तै गरी प्रदीप र विशाललाई अभियोग स्वीकार गर्न लगाएको हो की भन्ने प्रश्न उठेको छ ।

सामाजिक संजाल प्रयोगकर्ताहरुले प्रदीप र विशाल पनि दिलिपजस्तै नक्कली अभियुक्त भएको दाबी गरेका छन् । विष्ट र अहिले रावल र चौधरीको बयन एउटै भएको भन्दै उनीहरुले सो दाबी गरेका हुन् । यसले प्रहरीको छानविनमाथि फेरि प्रश्न खडा गरिदिएको छ ।

कञ्चनपुरका पुराना पत्रकार तथा सत्तारुढ (नेकपा)का स्थानीय नेता खेमभण्डारीले प्रहरीले पछिल्लो पटक सार्वजनिक गरेको रावल र चौधरीको बयन विष्टको जस्तै किन भएको भन्दै प्रश्न गरेका छन् । उलने सामाजिक संजालमा प्रहरीले आश्चार्यजनक कुरा गरेको भन्दै फेरि साइकलको चेन बिग्रिदा सहयोग गरेको भन्ने स्टोरी दोहोर्याउन लागिएको बताए । भण्डारीले यो प्रकरणको सुरुदेखि नजिकबाट नियालिरहेका छन् ।

“प्रहरीले आश्चर्यजनक कुरा गर्दैछ । फेरि साइकलको चेन बिग्रिदा सहयोग गरेको भन्ने स्टोरी दोहोराइदैछ । दिलिप विष्ट र विशाल चौधरी, प्रदीप रावलको बयनमा कनि समानता ? अनि खोलापारी जाउँ भन्दा खुरुक्क निर्मला गएको हास्यास्पद बयन लिक गरिएको छ । त्यसदिन खोलामा कति पानी थियो ? उखुबारीमा कति पानी थियो ? किन बिर्षेका होलान् प्रहरी अधिकारीले ?” भण्डारीले लेखेका छन् ।

सामाजिक संजाल फेसबुक प्रयोगकर्ता निराजन ठकुरीले भण्डारीको स्टाटसमा कमेन्ट गर्दै यो सरकार र प्रहरीको यो नाटक गरेको बताउँछन् ।

योगीजी नाम गरेका फेसबुक प्रयोगकर्ताले यो सबै नाटक भएको बताएका छन् । उनले आन्दोलन जारी राख्न सुझाव दिएका छन् । त्यस्तै भोजराज भाट्टले बुझ्दै जाँदा चलखेल जस्तो भएको बताएका छन् । हेमन्त न्यौपनाले पनि पछिल्लो बयनमाथि व्याँग्य गर्दै भन्छन्, “माछा मार्ने प्रसताव राखेको थियो होला नि त ।”

सामाजिक संजालमा नरभान पन्तले प्रहरीले अर्को दिलिप विष्टजस्तो नक्कली अभियुक्त बनाउन लागेको दाबी गरेका छन् । उनले विश्वास नै नलागेको बताए । उनले साइकलको चेन बनाएको हो भने हातमा कालो लाग्नु पर्ने समेत बताउँछन् ।

प्रहरीले निर्मलाका हत्यारा प्रदीप र विशाल नै भएको बताएपनि बलबहादुर महराले भने त्यसलाई झुट लुकाउन छुटको खेती भनेका छन् । त्यस्तै प्रेमसिंह शाहले घुमिफिरी रुम्जाटार भनेका छन् । उनको यो भनाईले पनि प्रहरीको पछिल्लो अनुसन्धानमाथि प्रश्न खडा गरेको छ ।
नवराज पन्तले पुरानै पाराको बयन र घटनाक्रम भएको भन्दै बुझ्नै गारो भएको भन्दै नियोजित जस्तो लाग्ने बयन पटकपटक किन दोहोरिन्छ ? भन्दै प्रश्न गरेका छन् ।

भण्डारीको स्टाटसमा कमेन्ट गर्दै प्रज्वल श्रेष्ठले अभियुक्त नक्कली भएको बताएका छन् ।

त्यसैगरी सुनिल लु नाम गरेका व्यक्तिले पैसा दिएर नक्कली अभियुक्त खडा गरेर दुईचार वर्ष जेलमा बसिहाल्छन् र केस सेलाईहाल्छ त्यसपछि रिहाई गरिनेमा शंका गर्दै भन्छन्, “सानादेखि ठूलासम्म सबेलाई सारै गारो पार्यो यो काण्डले । एकदुई करोड खर्च गरेर दुईचार जना अभियुक्त खडा गर्ने । दुईचार वर्ष जेलमा बसिहाल्छन् । केस सेलाइहाल्छ । त्यसपछि रिहाई गरिदियो खेल खत्तम । यस्तो हो कि जस्तो लाग्यो मेरो अड्कल ।”त्यस्तै सूर्य जोशीले किताब रातभरी पानीमा किन भिजेन भन्ने प्रश्न गर्दै भन्छन्, “ठिक छ बलात्कार गर्यो प्रदीपले तर कतिाब चाहीँ साइडमा राख्यो रातभरी पानी पर्यो तरपनि किताब भिजेन ।”

गजराज पन्तले सरकारलाई निकम्मा भन्दै अगाडि लेख्छन्, “निकम्मा सरकारले कानमा तेल हालेर बसिरहेको छ । बलात्कारीलाई संरक्षण गरेको स्पष्ट देखिन्छ ।” त्यस्तै टेकराज भट्ट लेख्छन्, “घटना वर्षातमा बयन जाडो मौसममा कबुल गरेकाले पानी सुकेको हुनुपर्छ ।”

यो सबै चरना भएको भन्दै डिएनए पनि मिल्ने बताउँछन् पशुपति पाण्डे । उनीजस्तै महेश भट्टले पनि बनावटी नाटक भएको बताउँछन् । झुट लुकाउँदा सयौं झुट बोल्नुपर्ने बाध्यता भएको बताउँछन् जयन्द परामाहान्सा ।

सुरुदेखि यो घटनाको छानविनमा प्रहरीले लापर्वाही गरेपछि अनुसन्धानमाथि नै प्रश्न खडा हुनु स्वाभिक नै हो । निर्दोष दिलिप विष्टलाई बलात्कारी-हत्यारा भएको बताउँदै प्रहरीले सार्वजनिक गरेपछि प्रहरीको अनुसन्धानमाथि नै प्रश्न उठेको हो । अब पनि अर्को कोही दिलिप बन्नु नपरोस् सबैको जोड र खबरदारी यसैमा छ ।

सामाजिक संजालमा शंका गरिएजस्तै प्रदीप र विशाल पनि दिलिपको जसरी नगरेको अपराधको भागिदार बन्नु नपरोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...