आवाज संस्थाकाे आयाेजनामा सुर्खेतको पञ्चपुरी वडा नं ८ मा बाल सञ्जाल, युवा सञ्जाल र महिला सञ्जाल गठन गरिएको छ ।
पञ्चपुरी नगरपालिकामा महिला, बालबालिका र बिशेष गरि किशोरीहरुकाे शसक्तीकरण र अधिकारकाे संरक्षण गरि सेवामा पहुँच वृद्धि गर्ने परियाेजनाले अागामि दिनमा गर्ने कार्यक्रमकाे बारेमा जानकारी सहित विभिन्न सञ्जाल गठन गरेकाे हाे ।
समुदायमा महिला बालबालिका किशाेरीहरु माथी हुने हिंसा न्युनिकरण गर्न र समस्या परेकाहरुका लागि बहस तथा पैरवी गर्ने जस्ता सञ्जालले काम गर्ने सामाजिक परिचालक कल्पना नेपालीले जानकारी दिनुभएको छ । अाज भएको भेलामा १५ सदस्यीय बाल सञ्जाल, युवा सञ्जाल र महिला सञ्जाल गठन गरिएकाे छ ।

बाल सञ्जालकाे अध्यक्षमा हिक्मत बिक, उपाध्यक्ष जगत्रा गिरी, सचिव नेत्रबहादुर तारामी, काेषाध्यक्ष गिता श्रेष्ठ र सहसचिव पबित्रा नेपाली रहनुभएकाे छ । त्यसैगरी महिला सञ्जालकाे अध्यक्षमा जानकी थापा गिरी, उपाध्यक्ष रुपसरा शाही, सचिव गंगा सिग्देल, काेषाध्यक्ष लक्ष्मी गिरी र सहसचिव निता शाही रहनुभएकाे छ ।
त्यसैगरी युवा सञ्जालकाे अध्यक्षमा रबि बि क, उपाध्यक्ष लक्ष्मी गिरी, सचिव अशाेक पुन मगर, काेषाध्यक्ष जमुना गिरी र सहसचिव माेहन प्रसाद शाक्य रहनुभएकाे छ ।
सञ्जालले प्रत्येक महिनामा १ पटक बैठक बसी विभिन्न बिषयमा छलफल गर्ने निर्णय समेत गरेकाे छ । संस्थाले सञ्जाल तथा समुहलाई बैठक तथा छलफल गर्नकाे लागि स्टेसनरी सहयोग गरेकाे छ ।