नेकपा (एकीकृत समाजवादी) सुर्खेतका अध्यक्ष मोहन सिंह बडुवाल एमालेमा प्रबेश गरेका छन । बडुवाल सहित अन्य ६२ नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
बडुवाल नेकपा हुँदा सुर्खेत जिल्ला कमिटी सचिव समेत रहेका थिए । नेकपा विभाजन पछि उनी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लागे जिल्ला अध्यक्ष भएका थिए ।
बडुवाल लगाएतलाई एमाले पार्टीका महासचिव शंकर पोखरेलले एमालेमा प्रवेश गराएका छन् । समाजवादीका प्रदेश कमिटी सदस्यहरू, सुर्खेत जिल्ला कमिटी सदस्यहरु तथा विभिन्न संगठनबाट एमालेमा समाहित भएका हुन् ।