किर्ते हस्ताक्षर गरि रकम झिकेको बिषयलाइ छानबिन गर्नुपर्ने भन्दै नेकपा एमाले पञ्चपुरी सुर्खेले पञ्चपुरी नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । पञ्चपुरी नगरपालिकामा यस अघि प्रमुख प्रशासकीय अधिकृतको किर्ते हस्ताक्षर दुरुपयोग गरेको बिषयमा अख्तियारमा उजुरी परेको र सत्य तथ्य छानबिन नगरी गुपचुप गराउन खोजेको भन्दै एमालेले नगरको ध्यानाकार्षण गराएको छ ।
सोमबार नगरपालिकामा पुगेर नेकपा एमालेले कर बृद्धि फिर्ता लिनुपर्ने,योजनाहरुको पूर्ण रुपमा अनुगमन गरि पारदर्शिरुपमा भुक्तानी नगरिएको, आर्थिक अनियमितता रोक्नु पर्ने, शुसासन पारदर्शिता कायम राख्नुपर्ने लागाएतका बिषयमा नगर प्रमुख लाइ ध्यानाकर्षण गराएको छ ।
नेकपा एमालेका नगर कमिटी अध्यक्ष धनबहादुर थापा, सचिव धर्मराज ढुंगाना लगाएतको टोली नगरपालिकामा पुगेको हो । अनियमितता, किर्ते हस्ताक्षर गर्ने लगाएतका बिषयमा बुझाएको बिषयमा आलटाल गर्ने र दोषिलाइ उम्काउने प्रयास गरिए कडा आन्दोलन गर्ने पार्टिका नगर कमिटि सचिब ढुंगानाले बताएका छन ।
ज्ञापन पत्र बुझ्दै नगरप्रमुख लालबिर भण्डारीले माग तथा बिषय शान्दर्भिक रहेको र यसक समाधानका लागि सबैको साथ र सहयोग रहने बताउनुभएको छ । नगरपालिकामा यस अघि लेखा अधिकृत मोहन बुढाले तत्कालिन प्रमुख प्रशासकिय अधिकृत रोमाकान्त पाण्डेयको हस्ताक्षर दुरुपयोग गरि घरभाडा र खाजा खाना बापतको रकम झिकेको बिषयमा अाराेप सहितको मुद्धा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सुर्खेतमा बिचाराधिन रहेको छ ।