बालबालिकालाइ कसरी खर्च जुटाउने भन्ने चिन्ता हटेर गएको छ– राजी,

सुशिल घिमिरे / चेतन नेपाली, सुर्खेत ।
मानिस जन्मदा नाङ्गै जन्मन्छ अनि मर्दा पनि नाङ्गै मर्छ । यो त प्राकृतिक नियम नै भयो । जन्म र मृत्युको बीचको भोगाई मानिसको जिवनकाल हो । जीवन भोगाई संगै बिभिन्न खालका समस्या, चुनौती, उतार चढाव आरोह अबरोहका बिच आफु कत्ती पनि बिचलित नभइ अगाडी बढ्न सक्ने क्षमता कि एक पात्र हुन् जानकी राजी । जानकी पञ्चपुरीको वडा नं ५ तिखाकुनामा बस्दै आएकी छन । अकस्मात श्रीमान गुमाएपछि परिवारको पुरा जिम्मेवारी समाल्दै एक छोरा र दुई छोरीको असल संरक्षक बनेकी छन ।

बिं.सं. २०७१ सालको बाढीले उनको सबै जमिन, घर तथा गोठ समेत बगाएर लगेपछी उनि संग सम्पतीको नाममा केही रहेन । जानकी बाबियाचौरमा बाढिपिडित भएर पालमुनि बस्न बाध्य भइन । दुख माथि दुख थपिदै जाँदा पनि अलिकति पनि बिचल्लित नभएकी जानकीले भेरी नदीको किनारमा एउटा सानो खुद्रा पसल संचालन गरेकी छन ।
यसरी दिनहरु बिताई रहेकी जानकी एक दिन मध्यपश्चिमाञ्चल विश्व विद्यालय सुर्खेतले संचालन गरेको जोखिम तथा असहज परिस्थितिमा रहेका घर परिवारको सर्वेक्षण गर्ने क्रममा उनी पनि सर्वेक्षणको दायरा भित्र परिन । जानकी अति जोखिम तथा असहज परिवारको सुचिमा पर्न गई सुशासन प्रवर्धनका लागी युवा संस्था सुर्खेत तथा UNDP को आर्थिक सहयोगमा संचालित सम्बोधन परियोजना अन्तर्गत अनुदान सहयोग पाइन । उक्त सहयोगबाट उनले गरिरहेको पसलमा थप लगानी गरेकी छन ।

जानकीलाइ नगद सहयोगले व्यापारलाई थप बढाउन ठुलो भुमिका खेल्यो । हाल उनको व्यवसायबाट दैनिक ८ देखी १० हजार बराबरको कारोबार हुने गरेको छ । व्यावसायवाट आएको आम्दानीले जानकीका दुई छोरी क्रमश १० र १२ कक्षामा र छोरा कक्षा ९ मा अध्यनरत गरिहेका छन् । “ब्यापार ब्यावसाय गर्नु अघि बालबालिकालाइ कसरी खर्च जुटाउने भन्ने चिन्ताले सधै सताइरहन्थ्यो अहिले त सजिलै खर्च जुटाउन सकेको छु” जानकीले भनिन । जानकीले अहिले छोरा छोरीहरुको पढाई र घर खर्च समेत टारेर बचेको रकम राष्ट्रिय वाणिज्य बैंक जम्मा गर्ने गरेको बताउछिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...