दुर्घटनालाइ कम गर्नको लागि सुर्खेत पञ्चपुरीका अटो रिक्सा ब्यवसायी हरु सक्रिय भएका छन । पञ्चपुरी यातायात प्रा. लि. तथा अटो रिक्सा धनिहरुले बाबियाचौर बजार देखि चतुरे चोक सम्म बाटोमा भएका खाल्डा खुल्डी पुर्नुका साथै झाडी सफाइ गरेका छन ।
साघुरो बाटो खाल्डाखुल्डी धेरै भएको र मानिसहरुको आवतजावत बढि हुने भएको हुदा स्वतः स्फुर्त श्रमदान गरेको प्रा.लिका अध्यक्ष रामबहादुर बिष्ट रञ्जीतले बताउनुभएको छ । बिष्टले पलैटे बजार सम्म बाटो मर्मत गर्ने योजना रहेको र यो निरन्तर भैरहने समेत बताउनु भएको छ ।
साथै उहाले ठुलो मर्मत गर्नुपर्ने ठाउमा श्रमदान बाट सम्भव नहुने हुदा नगरपालिका तथा वडा कार्यालयले आबश्यक सहयोग गरिदिन समेत आग्रह गर्नुभएको छ । पञ्चपुरी नगपालिका भित्र सञ्चालमा रहेका मध्य आज १५ ओटा अटो रिक्साले बाटो मर्मत गरेका छन । रिक्सा ब्यवसायीले गरेका काम प्रति स्थानिय नागरिक खुसी हुदै धन्यावाद समेत दिएका छन ।