पञ्चपुरीका राहत शिक्षकहरुको भेला बाबियाचौरमा सम्पन्न,

पञ्चपुरीका राहत शिक्षकहरुको भेला आज पञ्चपुरीको बाबियाचौरमा सम्पन्न भएको छ । भेलाले राहात शिक्षक संघर्ष समितिलाइ थप प्रभावकारी बनाई संघर्षलाई थप उचाईमा पु–याउनका लागी ११ सदस्यीय संघर्ष समिति गठन गरेको छ । ।
जसको अध्यक्षमा राम बहादुर बिष्ट चयन हुनुभएको छ । त्यसैगरी समितिको उपाध्यक्षमा बिद्या पौडेल, कोषाध्यक्षमा भुवन तिवारी, सचिबमा हर्क बहादुर बिक, सह–सचिवमा निर्मला सुवेदी रहनुभएको छ । त्यस्तै सदस्यहरुमा हरिप्रसाद ढकाल, निर्मला थापा, तप्त बिक, अप्सरा कार्की, सिता घर्ती र लक्ष्मी सापकोटा चयन हुनभएको छ ।
समितिले राष्ट्रिय रुपमा तय गरेको शिक्षकहरुका विविध मागका लागी तय गरिएका सम्पूर्ण कार्यक्रमलाई राहात संघर्ष समितिले पूर्ण रुपमा साथ र समर्थन गर्दै सक्रिय रुपमा सहभागिता जनाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...