सुर्खेतकाे पञ्चपुरी नगरपालिकाले नगरपालिका भित्र भएका जग्गाधनिहरुलाइ जग्गा धनी प्रमाण पुर्जा बितरण गरिएकाे छ । चाैथाे चरणमा साबिक सालकाेट ८ (झ) र ८ (ञ), साबिक बाबियाचाैर ४ (क) र (ख) सिटमा पर्ने ३ सय २७ जनालाई पुर्जा बितरण गरिएकाे हाे ।
पुर्जा बितरण गर्दै कर्णाली प्रदेश सभा सदस्य तथा काङ्ग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले जग्गाकाे मालिक बनाउनका लागि सरकार लागि रहेकाे याे काम निरन्तर रहने बताउनुभएको छ ।
जग्गा धनी प्रमाण पुर्जाबाट जग्गाधनिले अब आफ्नाे कुनै याेजना बनाउदा काराेवार गर्दा थप सहज हुने समेत बताउनुभयो । शाहीले आफु कर्णाली सरकारमा सहभागी रहेकाे हुदा पश्चिमकाे समग्र बिकासमा पहल गरिरहेकाे समेत बताउनुभएको छ ।
नगरपालिकाले २०२८ सालमा नापी भएका तर जग्गा धनी प्रमाण पुर्जा नपाएका हरुकाे लागि चाैथाे चरण सम्म ६ सय ६१ अाेटा पुर्जा बितरण गरिसकेको छ । पञ्चपुरीकाे वडा नं. ४, ५, ६ र ११ प्रकृया पूरा भएका जम्मा ६ सय ६१ जनालाई बितरण गरिएको र अन्य वडामा पनि निरन्तर काम हुने नगरप्रमुख लालबिर भण्डारीले जानकारी दिनुभयाे ।