सुर्खेतकाे पञ्चपुरी नगरपालिका वडा नं १० जामुमा नगर काेभिड अस्पाल सञ्चालनमा आएकाे छ । कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले एक कार्यक्रमका बिच अस्पतालकाे उद्घाटन गर्नुभएको हाे ।
कर्णाली प्रदेशकाे सहयोगमा निर्माण भएको भवनमा १५ ओटा बेड राखिएको छ । बिशेष गरि कर्णाली प्रदेश प्रबेश गर्ने कुईनेकाे नाकाबाट आउने नागरिकहरुकाे स्वास्थ्य जाँच गरिने र बिरामी भएका नागरिकहरुलाई काेभिड अस्पतालमा राखेर उपचार गरिने भएको छ ।
बिशेषज्ञ डाक्टर सहितकाे सुबिधा रहेकाे अस्पतालमा अन्य बिरामिले पनि उपचार सेवा पाउने भएका छन । कार्यक्रमकाे उद्घाटन शत्रमा बाेल्दै मन्त्री बुढाक्षेत्रीले काेराेना राेकथाम तथा नियन्त्रण गर्न र नागरिकलाइ स्वास्थ्य सुबिधा प्रदान गर्न आफु प्रतिबद्ध रहेकाे बताउनुभएको छ ।
पश्चिम सुर्खेतकाे सालकाेट प्राथमिक स्वास्थ्य केन्द्रमा आफुले तत्काल महिनाकाे २ दिन घुम्ती स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएकाे बताउनुभएको छ । नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापाले अस्पतालकाे घेरबार गर्न र ब्यवस्थापनका लागि प्रदेश सरकारले आबश्यक सहयाेग गर्न आग्रह समेत गर्नुभएको छ ।
काेभिड अस्पताल डा.नवराज के सी र पत्रकार नगेन्द्र उपाध्यायकाे समन्वयमा सञ्चालन भएको हाे । अस्पतालमा आउने बिरामीले भिडियो कल मार्फत डाक्टरहरु संग कुरा गरेर समस्या राख्ने ब्यवस्था समेत गरिएको छ ।