पञ्चपुरीमा लैङ्गिक हिंसा न्युनिकरण समिति गठन,

27 पटक हेरिएको

आवाज संस्थाकाे आयाेजनामा पञ्चपुरीमा लैङ्गिक हिंसा न्युनिकरण समिति गठन गरिएको छ ।

पञ्चपुरी नगरपालिकामा महिला, बालबालिका र बिशेष गरि किशोरीहरुकाे शसक्तीकरण र अधिकारकाे संरक्षण गरि सेवामा पहुँच वृद्धि गर्ने परियाेजनाले अागामि दिनमा गर्ने कार्यक्रमकाे बारेमा जानकारी सहित समिति गठन गरेकाे हाे ।

समुदायमा महिला बालबालिका किशाेरीहरु माथी हुने हिंसा न्युनिकरण गर्न र समस्या परेकाहरुका लागि बहस तथा पैरवी गर्ने जस्ता समितिले काम गर्ने छ ।

समितिकाे अध्यक्षमा कमला पाैडेल रहनुभएकाे छ । त्यस्तै सदस्यहरुमा टीका राना, नन्दा बयक, साबित्रा अधिकारी, बेला थापा, पवित्रा गाैतम, जानकी थापा, अमर कार्की, धर्मराज खनाल, तारा तिवारी र ममता जिसी रहनुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...