सुर्खेत पञ्चपुरी नगरपालिकाको वडा नं ६ मा रहेका ५ जना बालबालिकालाइ स्टेसनरी सहयोग गरिएको छ । सोलुखुम्बु जिल्लामा जन्म भई हाल ग्रिसमा कामको शिलसिला मा बस्दै आएकी स्मृति राईले बुवा आमा नभएका बालबालिकालाई झोला र स्टेसनरी सामान सहयोग गर्नुभएको हो ।
पञ्चपुरी नगरपालिका वडा नं ६ मा रहेको समुह प्राथमिक बिद्यालयका बालबालिका लाई १÷१ थान झोला र स्टेसनरी सामान वितरण गरिएको हो । स्थानिय प्रेम सुनारको समन्वयमा उपलब्ध उक्त सामाग्री बिद्यालयका बालबालिकालाइ आज हस्तान्तरण गरिएको हो ।
बिद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बिष्टले सहयोग गर्ने निकायलाइ धन्यावाद दिदै सानो सहयोगले पनि बालबालिकाको पढाइमा थप सहयोग हुने बताउनुभएको छ । सामाग्री वितरणमा कार्यापालिका सदस्य अनिता बिक र वडा नं ६ का कार्यबाहक वडा अध्यक्ष मन बहादुर बरै लगाएतको सहभागिता रहेको थियो ।