प्रमुख प्रशासकीय अधिकृत योगीद्धारा बाढीप्रभावित क्षेत्रको अनुगमन,

519 पटक हेरिएको

पञ्चपुरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सहितको टोलीले बाढी प्रभाबित क्षेत्रको अवोलोकन गरेको छ ।

पञ्चपुरी ९ रागको खराल टोलमा आइतबार आएको बाढीले किसानहरुको माछापालन तथा कुखुरा फर्ममा क्षति पु¥याएपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गोकर्णनाथ योगी, वडा नं ५ का अध्यक्ष नगेन्द्र बहादुर शाही, वडा नं ९ का अध्यक्ष पूर्णप्रसाद घिमिरे, वडा सदस्य रामबहादुर थापा, प्रबिधिक मान बहादुर बुढा सहितको टोलीले अनुगमन गरेको हो ।

अनुगमन गर्दै योगीले बाढिले पु¥याएको प्रति दुख ब्यक्त गर्दै आगामी दिनमा बाढिबाट थप क्षति हुन नदिनको तटबन्धको लागि नगरपालिका मार्फत पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । तटबन्धको लागि लागत स्टमेट तयार गरि नगरपालिकाको बैठकबाट प्रदेश तथा केन्द्र सरकार संग योजना माग गर्ने योगीले बताउनुभयो ।


आइतबारको अबिरल बर्षाका कारण गुटु खोलामा आएको बाढिले कृषकको लगाएको धानबाली नष्ट गरेको छ भने स्थानीय दिपक खरालको माछा पोखरीमा रहेका ४ हजार माछा समेत बाढिले बगाएको छ । कुखुरा फर्ममा बाढी पस्दा समेत क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...