आवाज संस्थाकाे पञ्चपुरीमा परियाेजना सल्लाहकार समिति संग छलफल,

28 पटक हेरिएको

आवाज संस्था सुर्खेतकाे नगरस्तरिय परियाेजना सल्लाहकार समिति संग आज बाबियाचाैरमा छलफल सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिकामा महिला, बालबालिका र बिशेष गरि किशोरीहरुकाे शसक्तीकरण र अधिकारकाे संरक्षण गरि सेवामा पहुँच वृद्धि गर्ने परियाेजनाले अागामि दिनमा गर्ने कार्यक्रमकाे बारेमा जानकारी दिएकाे हाे ।

सन २०२१ जुन देखि डिसेम्बर सम्म सञ्चालन हुने कार्यक्रम काे बारेमा जानकारी दिईएकाे हाे । संस्थाका परियाेजना संयाेजक सुशील कुमार कार्कीले परियाेजनाले पञ्चपुरीका वडा नं ७, ८, ९, १० र ११ मा गर्ने कार्यक्रम बारेमा जानकारी दिनुभएको छ ।

कार्यक्रमका सहभागी वडा अध्यक्षहरुले आवाज संस्थाले यस अघि दिदै आएकाे छात्रवृत्तिकाे कार्यक्रम लाई निरन्तरता दिन सुझाव दिएका छन । त्यस्तै पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्रबहादुर थापाले आवाज संस्थाले गर्ने कार्यक्रममा नगरपालिकाले साझेदारी रुपमा सहयोग गर्ने बताउनुभएको छ ।

त्यसैगरी बिषयगत शाखाहरुले पनि स्वास्थ्य, शिक्षा, उद्यम जस्ता कार्यक्रमहरुमा समन्वय गरेर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...