सुर्खेतको पञ्चपुरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गोकर्ण नाथ योगीलाइ जिम्मेवारी दिइएको छ । योगीले पञ्चपुरी नगरपालिकामा आज पदभार ग्रहण गर्नुभएको छ ।
यस अघि नगरपालिकाको शिक्षा शाखा पञ्चपुरीमा उप सचिवमा जिम्मेवारी सम्हाल्नु भएका योगीलाइ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डेयको लुम्बीनी प्रदेशमा सरुवा भएपछि उक्त पदमा जिम्मेवारी दिइएको हो । पदभार ग्रहण गर्दै योगीले नगरपालिकामा रहेका कर्मचारी हरुसंग सहकार्य गरेर नगरको बिकासका लागि सधै निरन्तर लागि पर्ने बताउनुभएको छ ।
जनप्रतिनिधीहरु अघि सारेका हरेक योजना सम्पन्न गर्न कर्मचारीले पुलको रुपमा काम गर्नुपर्नेमा समेत जोड दिनुभएको छ । यस अघि भएका हरेक कमि कमजोरीलाइ बिर्सेर नगरको समग्र क्षेत्रको बिकास गर्न सबैको साथ सहयोग आबश्यक रहनुपर्ने समेत बताउनुभएको छ ।
नगरपालिकामा हुने हरेक समस्या बाटो, चोक, चौतारामा कुरा गर्नु राम्रो नहुने र चित्त नबुझेको कुरा कार्यालयमै आएर आफुलाइ जानकारी दिन समेत योगीले आग्रह गर्नभएको छ ।