सुर्खेत–२ (ख) बाट बडुवालले उम्मेदवारी दिने,

219 पटक हेरिएको

एकीकृत समाजवादीबाट सुर्खेतको निर्वाचन क्षेत्र नं.–२ (ख)  प्रदेश सभा सदस्यका लागि मोहन बडुवालले उम्मेदवारी घोषणा गरेका छन् । समाजवादीको जिल्ला अध्यक्ष समेत रहेका बडुवालले पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा आयोजित प्रदेश सभा (ख) समन्वय कमिटीको बैठकमा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

अहिले समाजवादीको प्रदेश सचिवालय सदस्य समेत रहेका उनले (ख) चुनाव लड्ने गरि यसअघिदेखि नै तयारी थालिरहेको बताए । बडुवालले गठबन्धन हुँदा पनि (ख)मा समाजवादीको दाबी रहने बताए ।

(ख) अन्तर्गत क्षेत्र नं.–२ का बराहताल र चौकुने गाउँपालिका तथा पञ्चपुरी नगरपालिका पर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...