सुन्दर नेपालद्धारा चौकुने, पञ्चपुरी र बराहताल गाउपालिकामा बिपद उद्दार सामग्री सहयोग,

31 पटक हेरिएको

सुर्खेतको चौकुने, पञ्चपुरी र बराहताल गाउपालिकामा बिपद पुर्ब सुचना प्रणाली, खोज तथा उद्दारका सहजताका लागि आबश्यक पर्ने उद्धार सामाग्री हस्तान्तरण गरिएको हो ।

सुन्दर नेपाल संस्था सुर्खेतले बिपद जोखिम क्षेत्रमा खोज तथा उद्धारका लागि प्रत्येक पालिकामा ५ लाख बराबरको ३७ प्रकारका समाग्री सहयोग गरेको हो ।

संस्थाका भकारी परियोजना संयोजक खिम रेग्मी लगाएत कर्मचारीहरुले आज पञ्चपुरी नगरप्रमुख उपेन्द्रबहादुर थापालाई सामाग्री हस्तान्तरण गरेका हुन । सामाग्री बुझ्दै नगरप्रमुख थापाले संस्थाले गरेको सहयोग प्रति धन्यवाद समेत दिनुभएको छ । साथै थापाले समाग्रीहरु बिपत जोखिम क्षेत्रमा रहेको समुदाय, प्रहरी ,स्थानीय स्वयंसेवक हरुलाई हस्तान्तरण गर्ने बताउनुभयो ।

सुन्दर नेपाल संस्थाले यस अघि चौकुने, पञ्चपुरी र बराहताल गाउपालिका अन्तरगतका ४७ ओटा समुदायमा रहेको समुदाय स्तरिय बिपद ब्यवस्थापन समितिलाइ १७ लाख बराबरको सामाग्री सहयोग गरेको छ । संस्थाले ४७ समुदायका नागरिकको जीवन स्तरमा सुधार ल्याउनको लागि भकारी कार्यक्रमको समेत सुरुवात गरेको छ ।

३ बर्ष सम्म सञ्चालन हुने कार्यक्रम मा संस्थाले बिशेष गरि कृषि, वन वातावरण, वाल संरक्षण, गरिबी निवारण, वकालत जस्ता कार्यक्रम संचालन गरिरहेको छ । रुपान्तरण, एप्रोस, एनटेग र viamo को सहयोग रहेको कार्यक्रम बिशेष गरि दलित, बिपन्न, गरिब, महिला, पछाडि पारिएका बर्गको लागि काम गरिरहेको छ ।

संस्थाले बहुउद्शिय पानी प्रणाली , कृषि खाध्य सुरक्षा, विपद व्यवस्थापन, पाेषण, लैगिक समानता लगायत आपतकालिन सहयाेगका क्षेत्रमा काम गर्दछ । सप्राेस, रुपान्तरण, एन ट्यागले आफ्नेा विज्ञताकाे आधारमा सहयाेग गर्छन भने मर्सीकाेर नेपालले भकारी परियाेजनाकाे व्यवस्थापन गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...