सुकुम्बासी समस्या समाधान आयाेग खारेजीकाे बिरुद्धमा पञ्चपुरीका नागरिक हरु आन्दाेलित भएका छन । स्थानीय नागरिकहरुले पानीमा भिज्दै आज पञ्चपुरी नगरपालिकाकाे कार्यालयमा सरकारको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाएका छन । ।
अहिलेकाे सरकारले आयाेग खारेज गरेकाे र यसवाट किसानहरु पुर्जा पाउनबाट बञ्चित भएको हुदा आयाेग खारेज नगर्न नगरपालिका मार्फत सरकारकाे ध्यानाकर्षण समेत गराएका छन ।

बाबियाचाैरमा र्यालि सहित सहभागी भएका नागरिकहरुले नारावाजी गर्दै तत्काल जग्गा धनी पुर्जा बितरणका लागि प्रकृया अघि बढाउन समेत माग गरेका छन ।
सुकुम्बासी समस्या समाधान संघर्षरत समितिले आफ्ना माग पूरा नभए चरणबद्ध रुपमा आन्दाेलन गर्ने समेत चेतावनी दिएकाे छ ।
